छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास

काठमाडौ : छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवनको शिलान्यास भएको छ। काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार भवनको शिलान्यास गरेका हुन्। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमिपूजन गरेका थिए। छत्रपाटीको गंगालाल मार्गस्थित १० आना १ दाम जग्गामा करिब ३५ करोड रूपैयाँ लागतमा नयाँ भवन बनाउन थालिएको हो। महानगर प्रमुख शाक्यले भने, ‘महानगरले गएको वर्ष पनि अस्पताल भवनका लागि ५ करोड रूपैयाँ विनियोजन गरेक