काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज २२ गतेदेखि खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले आगामी असोज २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको हो । दशैंमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान छ ।