काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति प्रकाशमा ल्याएको छ । यसमा सूचीकृत वस्तुमा मुसुरो पनि एक हो । आर्थिक वर्ष २००८/९ मा रू. ५ अर्ब ६६ करोडको मुसुरोको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. ४९ करोड ८१ लाखमा सीमित छ ।
निर्यातको यस प्रवृत्तिले मुसुरो निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न मुसुरोको उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको नीतिमा विशेष जोड दिन आवश्यक देखिएको छ ।