तारा एअरको बेपत्ता विमान भेटियो दुर्घटनाग्रस्त अवस्थामा

काठमाडौं : तारा एअरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता नवराज सिलवालले विमान दुर्घटना भएको पुष्टि गरेका हुन्। मुस्ताङको थसाङ-२ स्थित कोवाङ नजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाका प्रवक्ता सिलवालले जनाए। Crash site: Sanosware, Thasang-2, Mustang pic.twitter.com/OcN93N1Qyb — NASpokesperson (@NaSpokesperson) May 30, 2022 स्थानीय…

सम्बन्धित सामग्री

नेपाली आकाश कति सुरक्षित

पोखराबाट जोमसोमका लागि गएको आइतबार उडेको तारा एयरको बेपत्ता विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला प-यो । स्थानीयहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका हुन् भने पछि खोजी टोली पुगेको थियो । दुर्घटनाग्रस्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि सो दिन खोजी कार्यलाई […]

तारा एयरको बेपत्ता विमान कोवाङको सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं। तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता नवराज सिलवालले विमान दुर्घटना भएको पुष्टि गरेका हुन्।

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

काठमाडौं : आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सिलवालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तस्वीरमा विमान पहाडमा बज्रिएर टुक्राटुक्रा भएको देखिएको छ। प्रवक्ता सिलवालका अनुसार सेनाको खोजी तथा उद्धार टोली घटनास्थलमा परिचालन भइसकेको छ। विमानमा सवार यात्रुहरुबारे विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।&nb