बाराका वडासचिव घुससहित समातिए

काठमाडौं, २० माघ । बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको छ। साहलाई जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएर गएको टोलीले सेवाग्राहीबाट ३५ सय रुपैयाँ रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । रकमसहित […]