प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आइतबार नयाँदिल्ली जाने तयारीमा छन् । तर त्यसको दुई दिनअघि बिहीबार उनकै नेतृत्वको मन्त्रिपरिषद् बैठकद्वारा भारतसहित विभिन्न ११ महत्त्वपूर्ण मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरिएको छ ।