नेपालगञ्ज – लागूऔषध ओसारपसारको लागि बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका ट्रान्जिट प्वाइन्ट बनेको छ। पछिल्लो एउटा घटनाले यसको पुष्टि गरेको छ। प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित जमुनाहा नाकाबाट एकजनालाई नियन्त्रणमा लियो। ती व्यक्ति लागूऔषध लिन मकवानपुरको हेटौंडाबा नेपालगञ्ज हुँदै छिमेकी भारतको रुपैडिहा गएर आएका थिए। उनले रुपेडिहाबाट खैरो हेरोइनसमेत आफ्नो साथमा ल्याएका थिए। […]