राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । जसअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो । नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपा