प्रहरीको म्याट्रेस खरिदमा घोटाला, ५ करोडको चलखेल

नेपाल प्रहरीले ब्यारेक सिस्टममा बस्ने प्रहरीका लागि खरिद गरेको म्याट्रेसमा ५ करोड रुपैयाँ  भ्रष्टाचार भएको आरोप लागेको छ । प्रतिथान करिब १० हजार रुपैयाँमै पाइने म्याट्रेसका लागि प्रतिथान १५ हजार रुपैयाँमा खरिद गरेपछि म्याट्रेस खरिदमा कुल ५ करोड २२ लाख रुपैयाँ घोटाला भएको आरोप लागेको हो । गत असार १५ गते नेपाल प्रहरीको प्रशासन विभाग अन्तर्गतको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले जारी गरेको परिपत्रमा घुमाउरो भाषामा एउटै ठेकेदार कम्पनीबाट मात्रै म्याट्रेस खरिद गर्न भनिएको छ । उक्त परि