सशस्त्र प्रहरी बलको एपीएफ क्लब सुरुका तीनै खेल हारेपछि संकटमा परेको थियो । धेरैले अनुमान गरेका थिए, अब एपीएफ ए डिभिजनमा अडिँदैन । त्यसपछि विदेशी खेलाडी अनुबन्ध गर्ने पहिले विभागीय टिम हुँदै एपीएफले लय समात्यो । नामै नचलेका एपीएफका आफ्नै खेलाडीले पनि राम्रै खेल्न थाले । सुधारिएको खेललाई निरन्तरता दिँदै एपीएफले एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै बिहीबार मनाङ मर्स्याङदीलाई ३–१ स्तब्ध पार्यो ।