कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कास्कीका २७, बाग्लुङका छ, म्याग्दीका पाँच, स्याङ्जाका तीन, पर्वत र तनहुँका एक÷एक जना रहेको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।उनका अनुसार पछिल