२३ भदौ, काठमाडौं । बाग्मती प्रदेशले अनलाइनबाटै सवारी ब्लु बुक (बिल बुक) नवीकरण गर्ने र सवारी कर तिर्न सेवा स्थगित गरेको छ । बाग्मतीको श्रम रोजगार तथा यातायात मन्त्रालयले वैकल्पिक व्यवस्था नगरी सेवा रोकेपछि धेरै सेवाग्राही मर्कामा परेका छन् । सवारी दर्ता किताब (ब्लु बुक) नवकीरण सहित कर भुक्तानी लगायतका नागरिक एपमा समेत राखिएको सेवा […]
नेपालमा विद्युतीय सेवा कारोबार गर्ने नौ अन्तर्राष्ट्रिय कम्पनीले करिब नौ करोड कर भुक्तानी गरेका छन् । आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका ती अन्तर्राष्ट्रिय विद्युतीय कम्पनीमध्ये गत आर्थिक वर्षको मूल्य अभिवृद्धि कर...
काठमाडौँ,२० माघ । चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट […]
तनहुँ – जिल्लाको व्यास नगरपालिका कार्यालयमा आजदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ । नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गरे । सो अवसरमा उनले गण्डकी प्रदेशको समन्वयमा रु दुई करोडको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको बताए । व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा डिजिटल प्रविधिको अभ्यास […]
चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार सो सेवाको उद्घाटन टन गरेका हुन् । यस सेवा मार्फत चन्द्रागिरि नगरवासीहरूले घर–बहाल कर, सम्पत्ति कर तथा व्यावसायिक कर सजिलै अनलाइनमा आईएमई पे मार्फत तिर्न सक्नेछन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले यसले नगरवासीहरूलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै आगामी दिनमा चन्द्रागिरि नगरपालि
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरेको हो ।योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर […]
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले एक कार्यक्रमका बीच आइतबारदेखि विद्युतीय कर भुक्तानी ( ई–पेमेन्ट) सेवा सुरु गरेको हो । यो सेवा सुरु भएसँगै ‘आईएमई पे’ मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर भुक्तानी गर्न सक्नेछन् । नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको […]
काठमाडौं (अस) । स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाडौं महानगरले आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधा सुरु गरेको छ । सुविधाका लागि काठमाडौं महानगरलाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो । यो सुविधासँगै करदाताले महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाललगायत सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्क घरमै बसेर दाखिला गराई अनलाइन भुक्तानीका लागि कनेक्ट आईपीएस ई–पेमेन्टमार्फत भुक्तानी गर्न सक्नेछन् ।
करदाताले कर तिर्न कार्यालयमा गएर लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनेछ । महानगरको राजस्व प्रणालीमा करदाताले पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोबाइल नम्बर र ईमेल ठेगाना आबद्ध गराउनुपर्नेहुन्छ । यसरी आबद्ध गरिसकेपछि करदाताले महानगरको वेबसाइटमा गई आप्mनो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गर्ने सक्नेछन् । रकम भुक्तानीका लागि आफ्नोे बंैक खाताबाट कनेक्ट आईपीएसमार्फत सजिलै कर तथा राजस्व तिर्न सकिनेछ ।