जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौँ – सत्तासीन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौँमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज […]