चन्द्रौटामा फस्टायो सिद्राको व्यापार

जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फस्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ ।  दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउँछन् ।