काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसरोकार र पार्टीको एजण्डाका विभिन्न विषयमा आज सरकारको ध्यानाकर्षण गराएको छ । राप्रपाले महंगी, भ्रष्टाचार नियन्त्रण, हिन्दू राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत विषयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकोहो । राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । […]