काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यन्वयन गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।महासंघका अनुसार पत्रकार र सञ्चारकर्मीलाई लामो समयदेखि तलब नदिने र निकाल्ने संस्थामाथि दबाब दिन आन्दोलन सुरू गरेको हो।चरणबद्ध आन्दोलन थालेको महासंघले पहिलो दिन बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल भुक्तानी गर्न आन्दोलनमा उपस्थित महासंघका पदाधिकारीले प्रकाशन संस्था तथा सञ्चारमाध्यमलाई चेतावनी दिए।महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार