वर्ष ०७९ : कामुकै भरमा न्यायालय

काठमाडौ‌ं : न्यायालयको इतिहासमा ०७९ साल कायममुकायमकै भरमा बितेको छ ।विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायीशका रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आएका छन्।लामो समयसम्म न्यायालयलाई  नेतृत्वविहीन राख्न नहुनेमा चौतर्फी आवाज उठ्दा पनि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।कानुन व्यवसायीले  प्रधानमन्त्री तथा सभामुखसँग भे