बैतडी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले सर्वसम्मत रूपमा उम्मेदवार छानिरहेको छ। कांग्रेसले जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षका लागि रमेशसिंह भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पार्टीको गाउँपालिका कार्यसमितिको बैठकले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए। गाउँपालिका कार्यसमितिले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरे