सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो ।
काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई नेता र तीन राजनीतिक दललाई सचेत गराएको छ।अघिल्लो चुनावमा खर्चको गलत विवरण बुझाएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुखनेत्रनाथ अधिकारीलाई सचेत गराएको हो। यस्तै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराएको हो।‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५