अर्थमन्त्री महतको स्पष्टीकरण : विद्युतीय गाडीको कर बढ्ने सूचना चुहाएको छैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचनाचुहाएको आरोप गलत भएको बताएका छन् ।   अनुमानका भरमा कसैले गाडी ल्याउँछ भने त्यसको जिम्मा आफूले लिन नसक्ने बताएका छन् । हरेक वर्ष बजेट आउने बेला कर बढ्ने अनुमानमा व्यापारिक घरानाहरुले गाडी ल्याएको हुनसक्ने तर त्यसलाई सूचना चुहाएको भन्न नहुने बताए। सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै महतले विद्युतीय गाडीको करलाई विवेकपूर्ण बनाएको दाबी गरेका हुन। करमा गरेको हेरफेरले पेट्रोलियम सवारी साधनतिर आकर्षित नहुने महतले बताए ।  तुलनात्मक रूपमा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम भएको उनले दाबी गरे ‘तुलनात्मक रूपमा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम छ,' उनले भने, यो 'कर समायोजनले इभी छाडेर पेट्रोलियम बेसको गाडी किन्न कोही जानेवाला छैन ।’