मुस्ताङ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्याएको क्षतिको विवरण १० दिनपछि आज सार्वजनिक गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षत्ति पुर्याएकोे जनाएको छ ।भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र सङ्घरसंस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन ग