विश्वका शक्तिशाली राष्ट्रको समूह जी-२० को १८ औं शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भर्खरै सम्पन्न भएको छ। रुस र चीन जस्ता देशको अनुपस्थितिका कारण यस सम्मेलनको सफलतालाई लिएर अनेकौं आशंका व्यक्त भइरहेका थिए। रुस-युक्रेन युद्धका कारण अमेरिका लगायतका पश्चिमेली देशको भूमिकाका कारण पनि नयाँ दिल्ली सम्मेलनको सफलतामाथि आशंका व्यक्त गरिन्थ्यो तर भारतका प्रधानमन्त्री नरेन्द्र […]