काठमाडौं, जेठ ३ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००९ मा पहिलो पटक राष्ट्रपतिमा निवार्चित भएपछि लिएको सपथ ग्रहणमा उच्चारण भएका शब्दको सिलसिला नमिलेपछि दोस्रो पटक सपथ लिनुपरेको थियो। उनलाई सपथ ग्रहण गराइरहेका अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबर्टसले सपथ ग्रहण गराइरहँदा शब्द उच्चारणमा सिलसिला नमिलाएका कारण ओबामाको पहिलो सपथ ग्रहणले वैधता पाएको थिएन। […]