काठमाडौं, २७ माघ । नागरिक उन्मुक्ति पार्टीका नेता एवं सांसद लालवीर चौधरीले आफ्ना माग र मुद्दा सम्बोधन नभए सुदूरपश्चिम प्रदेशको नयाँ सरकारलाई पनि विश्वासको मत दिन नसक्ने बताएका छन् । ‘हिजो हाम्रो समर्थनमा राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँहरुले थारु समुदायको नयाँ वर्षको खुसीयालीमा रेशम चौधरीलगायत सात जेलबन्दीलाई रिहा गर्छौं भन्नुभएको थियो […]