लघुवित्तको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकले बनायो उच्चस्तरीय समिति

नेपालमा लघुवित्त वित्तीय संस्थाको अवस्था र यसले अर्थतन्त्रमा पुर्‍याएको योगदानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको छ । गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले लघुवित्तको समग्र पक्ष अध्ययनका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

लघुवित्तका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । केही समययता लघुवित्तहरूले ग्राहकसँग चर्को ब्याज लिइरहेको तथा सेवाग्राहीसँग राम्रो व्यवहार नगरेको कतिपयले आरोप लगाएका छन् । यद्यपि लघुवित्तकर्मीहरूले भने यस्ता आरोपको खण्डन गर्दै विपन्न समूहलाई मिटर ब्याजमा ऋण दिन पल्किएका समूहले आधारहीन हल्ला फैलाइरहेको दाबी गर्दै आएका छन् । लघुवित्त वित्तीय संस्थाहरूको वर्तमान स्थिति र उनीहरूले अर्थतन्त्रमा पुर्‍याएको योगदानसहित समग्र क्षेत्रबारे अध्ययन गर्न उक्त समिति गठन गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिमा ७ सदस्य छन्, जसमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्षसहित २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारी सदस्य रहने राष्ट्र बैंकले जानकारीका दिएको छ । उक्त समितिले ६ महीनाभित्र प्रतिवेदन पेश गर्नेछ । विपन्न वर्गलाई आय आर्जन वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि गरिबी न्यूनीकरणमा पुर्‍याएको योगदानबारे सूचकको व्यवस्था नहुँदा लघुवित्त वित्तीय संस्थाहरूले गरिबी न्यूनीकरणमा पुर्‍याएको योगदान यकिन हुन सकेको छैन ।

ब्याजदर नियन्त्रणमा अर्थमन्त्री सक्रिय

अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न प्रयास थालेका छन् । मन्त्री शर्माले ब्याजदरका विषयमा अध्ययन गर्न भन्दै उच्चस्तरीय समिति बनाएका छन्। अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखसमेत रहेका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा बनाइएको अध्ययन समितिले ब्याजदर मात्र नभई केही समयअघि नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शनका विषयमा पनि अध्ययन गर्ने र सोही समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने अर्थमन्त्री शर्माको तयारी छ ।समितिमा प्रधानमन्त्री तथा मन्