लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपाको कार्यालयमा सुरु भएको बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल हुनेछ । यसअघि बुधबारको बैठकमा आठजनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए । अरु पार्टीहरू एजेण्डासहित चुनावमा होमि सके, लोसपा अझै अलमलमा रहेको हुन