पेरुमा संसद भङ्ग गर्न खोजेपछि राष्ट्रपतिलाई महाअभियोग, डिना बनिन् देशको पहिलो महिला राष्ट्रपति

पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भङ्ग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो । अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए । तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपत्कालीन बैठक बोलाएर उनलाई महाभियोग लगाए । उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ ।६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुल