सत्तारुढ गठबन्धनमा रामचन्द्र पौडेलको प्रस्ताव, ‘एमसीसीबारे साझा धारणा बनाऔँ’

काठमाडौँः कांग्रेस वरिष्ठ नेता एवं सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहयोग सम्झौता (एमसीसी) का विषयमा साझा धारणा बनाउन प्रस्ताव गरेका छन्। समितिको बैठकमा पौडेलले एमसीसीबारे गठबन्धनभित्र साझा धारणा बनाउन आवश्यक रहेको बताएका हुन्। पौडेलको निजी सचिवालयका अनुसार आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले संयुक्त अभियान सञ्चालन गर्नुपर्ने…