खार्पुनाथको सार्वजनिक सुनुवाइ (फोटो फिचर)

सिमकोट – खार्पुनाथ गाउँपालिकाले आफ्ना सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। ०७९/०८० मा गाउँपालिकाले समग्र क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको जनता समक्षा जानकारी गराउने उद्देश्यले तेस्रो पक्षद्वारा सुनुवाइ गरिएको हो। गाउँपालिका केन्द्र याङ्चु बजारमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका १० वटा शाखाका प्रमुखले आफ्नो गत वर्ष सम्पन्न भएका कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए। […]