जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएका छन्। दोस्रो चरणमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडे।