सुर्खेतबाट अवैध रूपमा ओसारपसार भइरहेको काठसहित तीन जना पक्राउ

काठमाडौँ । सुर्खेतबाट अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्। हिजो (शनिबार) राति १२ बजे लेकवेशी नगरपालिका-८ गन्नेपानीबाट ७८.९ क्युफिट काठसहित उनीहरूलाई पक्राउ गरिएको हो। भे १ ख २७७९ नम्बरको मिनी ट्रकमा लोड गरी वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।