१९ कात्तिक, काठमाडौं । अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन्।
उनी उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन्। उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्ससँग भएको थियो।
स्पानबर्गरको जितको पुष्टि मंगलबार राति मतदान सकिएपछि …
पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो […]
१९ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकामा भर्खरै सम्पन्न मेयर चुनावबाट नेपालमा जेनजीसँगै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले सिक्नुपर्ने बताएका छन् ।
अमेरिकाको मुटु मानिने न्युयोर्क सहरमा ३४ वर्षीय जोहरान ममदानीले मेयर चुनाव जितेका …
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। बैंकको १९ औँ वार्षिक साधारणसभा मंसिर १२ गते, शुक्रबार, अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे बस्ने भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ […]
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक ललितपुरस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत विषयमा बैठक केन्द्रित हुनेछ । बैठक भोलिसम्म चल्ने जनाइएको छ ।
काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी आन्दोलन कमजोर हुँदा नेपालमा थप बलियो भएको बताएका छन्। चीनको बेइजिङमा नोभेम्बर ३ र ४ मा आयोजना गरिएको ‘द क्रस रोड अफ वर्ल्ड हिस्ट्री एण्ड द च्वाइस अफ पिपुल अफ अल नेसन्स’सम्बन्धी १५ औं अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताएका हुन्। उनले […]