सन् २०२० मा कोरोना लकडाउनका कारण बलिउडमा ठूला बजेटका फिल्महरू सार्वजनिक हुन सकेनन् । तर सन् २०२१ मा ती फिल्महरू रिलीज गरिने सम्भावना छ ।
सलमान खानको फिल्म राधे पनि बिग बजेटको फिल्म हो । यो निकै महंगो बिकेको खबर आएको छ । कोरोनाकालमा बलिउडको यो सबभन्दा ठूलो सम्झौता मानिएको छ ।
जी स्टुडियोले राधे फिल्म २३० करोड भारुमा किनेको बताइएको छ । त्यसमा स्याटेलाइट, डिजिटल, थियाट्रिकल र ओभरसीज राइट्स सबै जोडिएका छन् । यति ठूलो रकम पाएपछि सलमान खान प्रोडक्सनको यो फिल्म रिलीज हुन नपाइकनै सुपरहिट भइसकेको छ ।
...