पर्यटकीय सम्भाव्यता भएरपनि आवश्यक प्रचारप्रसार नहुँदा लमजुङको मध्यनेपालस्थित पर्यटकीय गन्तव्य सप्तधारा आझेलमा परेको छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदा भएर पनि आवश्यक प्रचार प्रसार र प्रवर्द्धन नहुँदा ओझेलमा परेको हाे । मध्यनेपाल–१, साविक जितामा पर्ने सप्तधारलाई केही वर्ष अघिदेखि स्थानीयले धार्मिक गन्तव्यको रुपमा प्रर्वद्धन गर्न पहल गर्दै आएका छन् । तर आवश्यक संरचना र सरोकारवाला […]