मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार र पार्टीको गुणगान गाएर प्रदेशको अधिकार प्राप्त हुन नसक्ने बताएका छन् । ‘संघीय सरकारको गुणगान गाएर सडकको हवल्दारले समेत टेर्दैनन्,’ राउतले भने,‘संघीय सरकार र पार्टीको गुणगान पार्टीको मञ्चमा गर्नुस् । प्रदेशसभामा पार्टीको गुणगान गाउनुको औचित्य छैन ।’