एन्फाले बोलायो आकस्मिक बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो । एन्फाका महासचिव किरण राईले सोमबार आकस्मिक बैठक बोलाएको जानकारी दिए । यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । […]

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षक र एन्फा उपाध्यक्षबीचको विवाद छानबिन गर्ने जिम्मा मन्त्रालयलाई

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ।शुक्रबार बसेको एन्फाको बैठकले दुवै जनाले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हाे।प्रशिक्षकअल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो। यस्ता छन् बैठकका निर्णय

असन्तुष्ट पक्षको बहिस्कारबीच सकियो एन्फा बैठक

असन्तुष्ट पक्षले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आकस्मिक बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । एन्फाले शनिबार कार्यसमितिको आकस्मिक बैठक डाकेको थियो ।