तेह्रथुमको आङ्दिममा फेरि मतदान हुने

तेह्रथुम - तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि फेरि मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय 'ख' मतदान केन्द्रमा हिजाे भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी भाेलि मङ्गलवार फेरि मतदान गर्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मङ्गलवार फेरि मतदान गराउने निर्णय भएको निर्वाचन आयोगले जनाएकाे छ । याे  मतदान केन्द्रमा खटिएका कर्मचारी...