टी-२० विश्व कप: अफगानिस्तान र नामिबिया तथा भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । समूह- २ अन्तर्गत हुने पहिलो खेलमा अफगानिस्तान र नामिबिया भिड्दैछन् । अबुधावीमा हुने खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहाेरेकाे थियो । यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको […]