दाङ–३ मा दीपक गिरी र कोमल वलीको चुनावी प्रतिस्पर्धा

दाङ – मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ दाङ चुनाव क्षेत्र–३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र नेकपा एमालेकी उम्मेदवार कोमल वली मुख्य प्रतिस्पर्धी रहेका छन् । गिरी र वलीको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्नेमा दलका आफू केन्द्रित दाबी त छँदैछन् । उनीहरुको प्रतिस्पर्धाले पश्चिम दाङको चुनावी परिवेश पनि तातेको छ । पूर्व–मन्त्री तथा कांग्रेसका केन्द्रीय नेता गिरी र गायिका तथा सञ्चारकर्मी वलीमध्ये कसले जित हात पार्ला भन्नेमै अहिले बहस चर्केको छ ।  पश्चिम दाङको हेकुलीमा जन्मि...