यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा वैशाख ६ मा, मर्जरसम्बन्धी प्रस्ताव पारित हुने !

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ६ गते विशेष साधारण सभा गर्ने भएको छ । सभा रूपन्देहीको भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा उक्त दिन बिहान १०:३० बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको छ ।  सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने र गाभिनेसम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यस्तै यी तीन कम्पनी गाभिएपश्चात बन्ने कम्पनीको कारोबार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड नामबाट गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ । तीनओटै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै सभाले यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ गाभ्ने/गाभिनेसम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा मर्जरसम्बन्धी अन्य सम्झौताहरूको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । सभामा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्ने लगायतका कार्य गर्ने/गराउनेसम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै सभाले यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ एक आपसमा गाभिएपश्चात गठन हुने संचालक समितिमा कम्पनीको तर्फबाट प्रतिनिधिहरू तोक्ने अधिकार संचालक समितिलाई दिने तथा मर्जरपश्चात बन्ने कम्पनीको संचालक समितिमा प्राइम लाइफ र गुराँस लाइफबाट चयन भई आउनु हुने संचालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव अनुमोदन गर्ने जानकारी दिएको छ । सभाले मर्जरपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-१, मा रहने तथा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेसम्बन्धी प्रस्तावसमेत पारित गर्ने जानकारी दिएको छ । त्यस्तै यी तीन कम्पनी गाभिएपश्चात कम्पनीको नाम, अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरू संशोधन गरी अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले यूनियन लाइफ, प्राइम लाइफेड र गुराँस लाइफ एक आपसमा गाभिएपश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व समेत फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरूमा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि चैत २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा चैत २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला