काठमाडौँ– इजलास फर्किएका सर्वोच्चका पाँच न्यायाधीशले प्रधानन्याधीशको राजीनामा माग्दै नेपाल बार एशोसियसन र न्यायाधीशहरुको आन्दोलनप्रति विमति नरहेको जवाफ दिएका छन्। आन्दोलन छाडेर पाँच न्यायाधीशलले मंगलबार नियमित जस्तै मुद्दा सुनुवाइ गरेपछि बारका पदाधिकारीले उनीहरुसँग बुधबार दिउँसो छलफल गरेको थियो। छलफलमा बारका पदाधिकारीहरुले आन्दोलनप्रति न्यायाधीशहरुको धारणा मागेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। जवाफ न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]