काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको छ। पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलवार बिहान साढे ८ बजेका लागि बैठक डाकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'अनौपचारिक बैठक बोलाइएको हो। सिंहदरबारमा बस्ने भन्ने भएको छ,' उनले भने।
श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउनुपर्ने भएकाले समसामयिक राजनीतिबारे…