मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषणा गरिएको छ ।