आईसीसी टेष्ट ब्याट्सम्यानको शीर्ष स्थान विलियम्सन यथावत्

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको शीर्ष स्थानमा यथावत रहेका छ्न। नयाँ वरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा यथावत छन्। वरियताको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने, चौथोमा इंग्ल्यान्डका जोय रुट र पाँचौ स्थानमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन्।