‘प्रदेश र स्थानीय तहको सुदृढीकरण गरिने’

१० जेठ, काठमाडौं । सरकारले संघीयता कार्यान्वयनका सिलसिलामा प्रदेश र स्थानीय तहको सुदृढीकरण गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश र स्थानीय तहको आर्थिक क्षमता विकासका लागि कार्यक्रम अघि बढाउने घोषणा गरेकी हुन् । ‘संघीयता कार्यान्वयको हालसम्म अभ्यास अनुभव र पृष्ठपोषणको आधारमा कार्य विस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन गरिनेछ’ […]