कोटेश्वरमा विवाद हुँदा साथीको हत्या, दुई महिनापछि आरोपी पक्राउ

काठमाडौं महानगरपलिका–३२ कोटेश्वरस्थित झोलुंगे पुलमुनी मोरङ घर भएका युवराज बराल ‘अनिश’को शव भेटिएको थियो । असार ५ मा  मृत भेटिएका अनिशको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले रामेछाप घर भई कोटेश्वर बस्दै आएका २० वर्षका सुरज कार्कीलाई पक्राउ गरेको छ । साउन २६ मा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।मोरङको उर्लाबारी–२ घर भएका अनिश र आरोपी साथी हुन् । अनिशले हेला गरेर ‘तिमी कार्की होइन् सार्क