सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस

बैतडी- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का महसुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङको लेखगाउँ रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा पुनःभूकम्पको धक्का, सर्वसाधारण त्रसित

सुदूरपश्चिम प्रदेश आज साँझ ५ दशमलव ४ भूकम्पको धक्का महसुस गरिएकोे छ । राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको क्षेतिबारे […]