कृषि फार्ममा लटरम्म फलेको किवी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पास्थित हरेलोडाँडा नजिकै सञ्चालित शुभ कृषि फार्ममा लटरम्म फलेको किवी । खोटाङमा यस वर्ष किवी उत्पादन दोब्बर वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

सम्बन्धित सामग्री

गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किबी खेती

१५ पुस, गुल्मी । गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङगा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु यसतर्फ आर्कषित भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।प्रति केजी २ सय […]

गुल्मीमा किवी खेती

गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङ्गा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समयमा किवी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । प्रतिकेजी २५० देखि तीन सय रुपियाँसम्ममा कृषकले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

धानखेत मासेर किवी खेती

गल्याङ, २२ असार । स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुुन थालेको छ । किवीको मूूल्य र बजार राम्रो भएपछि यहाँका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ । फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा गरेकोकिवी खेतीबाट मनग्य आम्दानी […]

ओखलढुंगाका किसान किवी खेतीप्रति आकर्षित

ओखलढुंगा । ओखलढुंगाका किसान पछिल्लो समय किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । फलफूल बालीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। जिल्लामा निर्वाहमुखी खाद्यबाली त्यागेर व्यवसायिक रुपमै किवी खेती गर्ने किसानको संख्या बढ्न थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा किवी खेती ८० रोपनी क्षेत्रमा विस्तार भइसकेको छ […]

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् । सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गरेका हुन् ।तातोपानी नाका बन्द भएपछि रु एक करोड ५० लाखको लगानीमा कृषि व्यावसाय सुरु गरेका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रापालन गरेका छन् । उनले गत वर्ष मात्र किवीबाट रु पाँच लाख आम्दानी गरेको बताए ।  सापकोटाल

तथ्यांकोवाच : रू. ५ करोड ३९ लाख बराबरको किवी आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. ५ करोड ३९ लाख बराबरको किवी आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा किवी आयातको औसत वार्षिक वृद्धिदर करीब ५२२ प्रतिशत छ । कृषि श्रमिकको कमी, किवी खेती योग्य कृषि भूमिको विनाश, बढ्दो शहरीकरण तथा भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकको किवी उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम उत्पादन हुन नसक्दा यसको आयातमा उच्च वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै किवी उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले किवी खेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।

सोलुखुम्बुमा किवी उत्पादन बढ्यो

सोलुखुम्बु – सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक टन वृद्धि भएको छ । गएकाे वर्ष ६५ मेट्रिक टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी कुलबहादुर राईका अनुसार गएकाे वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो । अधिकारी राईले भन्नुभयोे–‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २/३ वर्षपछि मात्रै उत्पादन दिन्छ ।&nbs...

किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...

व्यावसायिक किवी खेतीमा आकर्षण

गुल्मीको सत्यवती गाउँपालिकाका कृषकले जिल्लामै सबभन्दा बढी किवी खेती गर्ने गरेका छन् । गाउँपालिकाको भार्सेमा हाल २२ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा गरिँदै आएकोे किवी खेतीबाट किसानले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यहाँ उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गरेको छ ।