तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् । सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरुकै सिको गरिरहेका छन् । कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी चौकीदार मनमाया विक बताउनुहुन्छ । पोखरा कारागारमा रहेका …