काठमाडौं चैत ४ । पार्टीको एउटा समूह नेकपा (माओवादी केन्द्र) मा जानेभएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा आक्रोश व्यक्त गरेका छन् । भट्टराईले प्रचण्डमाथि राज्य सत्ताको आडमा आफ्नो पार्टीलाई अपहरण गर्ने दुष्प्रयास गरेको आरोप लगाएका हुन् ।‘अग्रगामी वैकल्पिक शक्तिको रूपमा उदीयमान नेसपालाई राज्यसत्ताको आडमा दिनदहाडै अपहरण […]